काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री एवम् राप्रपाका संस्थापक अध्यक्ष सुर्य बहादुर थापाले पार्टीलाई बलियो बनाउन गरेको योगदानबारे स्मरण गरेका छन् ।
सूर्य बहादुर थापाको ५ औँ स्मृति दिवसको अवसरमा राप्रपा अध्यक्ष थापाले राप्रपालाई बलियो शक्ति बनाउन सके उनप्रती सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
राप्रपा सुर्य बहादुर थापाको ‘लिगेसी’ भन्दै थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न सुर्यबहादुर थापाको चाहना भएको समेत बताएका छन् ।
कमल थापाले भनेका छन् ‘राप्रपाका संस्थापक अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ वर्ष पुरा भयो, स्व. थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धांजली व्यक्त गर्दछु। राप्रपा स्व. सूर्यबहादुर थापाको ‘लिगेसी’ हो । उहाँ कांग्रेस र कम्युनिष्टको विकल्पमा एउटा बलियो शक्ति निर्माण गर्न चाहनुहुन्थ्यो । त्यसर्थ, आजको दिनमा राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प पुरा गरौं, त्यही नै स्व।थापाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया