म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पतिको मृत्यु

काठमाडौं । म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पतिको मृत्यु भएको छ । मृत्यु हुनेमा किसन गौतम र उनकी पत्नी हरिमाया गौतम रहेका छन् ।

मंगलवार बिहान म्यानमारस्थित भारतीय सिमा नजिक टमु शहरको सडकमा मोटरसाइकलमा सवार उनीहरुलाई गोलि हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गौतम दम्पत्ती म्यानमारमा कृषी पेशा गर्दै आएका थिए । दम्पतीको हत्या हुनुअघि गोठबाट दूध दुहेर घर फर्कदै थिए। उनीहरुको शवलाई स्थानीय समाजसेवीहरुले उद्दार गरेर अस्पताल लगेका थिए । गौतम दम्पत्तीको मंगलवार हिन्दू परम्परा अनुसार अन्त्येष्टी गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए ।
म्यानमारमा फेब्रुअरी १ मा सैन्य कू भएयता सेनाविरुद्धको प्रदर्शनमा मारिनेको संख्या ७ सय नाघेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?