टेकसिंह धामी-धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिकास्थिल स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो ।

५ बर्षीय बालक आयुस जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको अझै पहिचान भएको छैन् । स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया