बाँकेमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा कटुवा पेस्तोल र गोलीसहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित ३ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पकाउ पर्नेहरुमा भारत बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछाने रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?