वर्तमान सरकार नेपाली इतिहासकै सबैभन्दा विवेकहीन सरकार : प्रचण्ड

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नेपाली इतिहासकै सबैभन्दा विवेकहीन सरकार भएको टिप्पणी गरेका छन् ।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सबैभन्दा विवेकशील र विधिसंगत हुनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

नेपालको इतिहासमा कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डै दुईतिहाइको सरकार नै सबैभन्दा विवेकहीन सरकारको रुपमा देखिएको उनले बताए ।

‘अहिले हुन त रुपमा हेर्दा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार छ । त्यो सबभन्दा विवेकशील हुनुपर्ने हो । सबभन्दा विधिसंगत हुनुपर्ने हो । सबभन्दा बढी सामाजिक न्याय र सबैप्रति समानताको व्यवहार गर्नुपर्ने हो । जति बेला हामीले वाम गठबन्धनको कुरा गरेका थियौँ, कम्युनिस्ट पार्टीको एकताको कुरा गरेका थियौँ, त्यस्तै अपेक्षा गरेर नै गरेका थियौँ,’

उनले भने, ‘तर, दुर्भाग्य ! अहिले स्थिति कस्तो भएको छ भने सबभन्दा विवेकहीन सरकार, नेपालको इतिहासमा कम्युनिस्ट पार्टीको नेतृत्वको झन्डै दुईतिहाइको सरकार नै सबभन्दा विवेकहीन सरकारको रुपमा देखिएको छ । यो एउटा विडम्बना हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?