बेलायतका राजकुमार फिलिपको निधन

एजेन्सी । बेलायतकी महारानी एलिजावेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ ।

सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् ।

बेलायतको बकिङ्गम राजदरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ ।” “फिलिपको शुक्रवार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ ।”

द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन् ।

राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?