काठमाडौँ- बेलायती महारानी एलिजावेथका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ। बकिम्हम दरबारले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान ९९ वर्षको उमेरमा उनको निधन भएको उल्लेख गरेको छ ।
‘निकै गहिरो पीडासहित महारानीले आफ्ना प्रिय पति राजकुमार फिलिप, डुक अफ इडिनवर्गको निधनको घोषणा गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हिज रोयल हाइनेस यसै बिहान विन्डसोर क्यासलमा शान्तिपूर्ण रुपमा लिन हुनुभयो ।’
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले फिलिपप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । राजकुमार फिलिपले असंख्य युवाहरुको जीवनमा प्रेरणा भरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । दोस्रो विश्वयुृद्ध लडेका थोरैमात्र जीवित व्यक्तिमध्ये फिलिप एक रहेको उनले बताए ।
१० जुन १९२१ मा ग्रिसमा फिलिपको जन्म भएको थियो । राजकुमार फिलिपले १९४७ मा एलिजावेथसँग विवाह गरेका हुन् । यो जोडीका चार छोराछोरी, ८ नाति–नातिनी र १० जना पनाति–पनातिना छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया