वायुसेवा निगमको सञ्चालकमा किशोर प्रधान नियुक्त

काठमाडौं । सरकारले व्यवसायी किशोर प्रधान नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।

मंगलवार प्रधानलाई मन्त्रीस्तरीय निर्णय अनुसार निगमको सञ्चालकमा नियुक्त गरिएको हो ।

उद्योग वाणिज्य महासंघको गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित प्रधान केही समय अघि मात्रै एमालेमा प्रवेश गरेका थिए ।

उनको कार्यकाल ४ वर्षको हुनेछ । उनलाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमको सञ्चालकमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?