काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ९६ हजार ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २६ लाख ८६ हजार ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ४६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५ सय ४७ पुगेको छ ।
भारतमा ५० हजार १ सय ४३ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ करोड १७ लाख ३२ हजार २७९ पुगेका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार २ सय २३ रहेको छ ।
सोमवार भारतमा १२ लाख ११ हजार ६ सय १२ वटा नमुना परिक्षण गरिएको थियो । हालसम्म त्यहाँ २५ करोड २ लाख ३१ हजार २ सय ६९ नमुना परिक्षण गरिसकिएको भारतीय चिकित्सा अनुसन्धान केन्द्रले जनाएको छ ।
भारतमा हालसम्म ७ करोड ९१ लाख ५ हजार १ सय ६३ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया