भारतीय सहयोगमा निर्मित दुई परियोजनाको उद्घाटन

लोकपथ
0
Shares

काठमाडौं–भारत सरकारको सहयोगमा नेपालमा निर्मित विभिन्न दुई परियोजनाको उद्घाटन गरिएको छ ।

ती परियोजनाहरुमा बाँकेको नेपालगञ्जमा हालै स्तरोन्नती गरिएको फत्ते बाल आँखा अस्पताल र दाङको लमही बजारमा निर्मित राप्ती शित भण्डार रहेका छन् ।

आँखा अस्पतालको उद्घाटन काठमाडौंस्थित भारतीय दूतावासका प्रशासन प्रमुख करुण वंशल र अस्पतालका अध्यक्षले एक कार्यक्रमकाबीच आइतबार संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी आज शित भण्डारको उद्घाटन बंशल र लमहीका मेयरले संयुक्त रुपमा गरेका हुन्। दुबै परियोजना गरेर भारत सरकारले ८ करोड ९१ लाख अनुदान सहयोग उपलब्ध गराएको हो । जसमा अस्पताल स्तरोन्नतीका लागि ४ करोड ६६ लाख र शित भण्डारका लागि ४ करोड २५ भारतले अनुदान सहयोग उपलब्ध गराएको हो ।

No description available.
दुवै परियोजनाहरु नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनको रुपमा सम्पन्न गरिएको हो । आधुनिक प्रविधि सहित स्तरोन्नती गरिएको अस्पतालमा आँखाका विरामीको सहज उपचार हुने बताइएको छ । त्यसैगरी शित भण्डारमा तरकारी, फलफूल तथा कुहिएर जाने कृषिजन्य उत्पादन भण्डारण गर्न सकिनेछ । नेपाल र भारत सरकारबीच कायम भएको सहमति अनुरुप यी दुई परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?