इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय नाघ्यो

काठमाडौं । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय एक पुगेको छ । सो बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेको बीबीसीले जनाएको छ ।

सो बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले आज सोमवार जानकारी दिएका छन् ।

 

सो प्रकोपबाट इन्डोनेसियामा ८० र इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमवार बताएका छन् । इस्ट टिमोरको राजधानी दिलीको आवासिय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । त्यस्तै बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?