काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली र कीर्गिस्तानको यू–२३ टोलीबीचको खेल पहिलो हाफमा गोल रहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको दुई टोलीबीचको खेल पहिलो हाफमा बराबरीमा सकिएको हो ।
त्रिदेशीय फुटबल सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेलि रहेको छ । नेपाली राष्ट्रिय टिमले घरेलु मैदान दशरथ रंगशालामा किर्गिस्तानको युवा टिमविरुद्ध ४-५-१ को फर्मेसनमा खेलिरहेको छ। खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अन्जन विष्टले हानेको हेडले पोष्टको दिशा लिन सकेन।
१० औं मिनेटमा अनन्त तामाङले पाएको हेड बल, १४ औं मिनेटमा पोलमा लागेर फर्किएको बल, २९ औं मिनेटमा अभिषेक रिजालको ओभरहेड किक र ३३ औं मिनेटमा रवी पासवानको क्रसमा अन्जनले बाहिर हानेको बल नेपालको राम्रो मुभ थियो। तर कुनै पनि अवसरमा गोल हुन सकेन।
‘थ्री नेसन्स कप’ मा यो नेपालको पहिलो खेल हो। आजको खेलमा जित निकाल्न सकेमा नेपालले आफूलाई फाइलनमा स्थान बनाउने छ । यता कीर्गिस्तान पनि आजको खेमला जित निकाल्दै फाइनलमा प्रवेश सम्भावना बलियो बनाउने योजानामा छ।
नेपालले दोस्रो खेलमा बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया