सत्ता समीकरणका विषयमा छलफल गर्न जसपाका नेताहरु पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बालुवाटार गएका छन् ।

सत्ता समीकरणका विषयमा छलफलका लागि मंगलवार (दिउँसो) जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला मंगलबार बालुवाटार पुगेका हुन्।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसँग विभिन्न मागहरुसहित सत्ता समीकरणका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

संसद पुनर्स्थापनापछि प्रधानमन्त्री ओलीलाई समर्थन दिने वा नदिने भन्नेमा जसपाभित्र ठूलो मतभेद देखिएको छ । पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका नेताहरु ओलीलाई समर्थन दिने पक्षमा देखिएका छन् । त्यस्तै पूर्व संघीय समाजवादी पक्ष भने सरकारको समर्थनमा जान नहुने पक्षमा देखिएका छन् ।

यसअघि पनि जसपाका नेताहरु प्रधानमन्त्री ओलीसँग सत्ता समीकरणका लागि आफ्ना मागहरुसहित बालुवाटार गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?