बैतडीमा परस्त्रीसँग रंगेहात भेटिएका वडाध्यक्ष छुटे !

धनगढी/टेकसिँह धामी । बैतडीमा परस्त्रीसँग रंगेहात भेटिएका दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा छुटेका छन् । प्रहीको सोधपुछपछि महरा छुटेका हुन् ।

होटेलमा बिहानै शंकास्पद रूपमा भेटिएका वडा अध्यक्ष महरा र ती महिलालाई शुक्रवार बिहान साढे सात बजे नियन्त्रणमा लिइएको थियो । महिलाले आफूहरु पार्टीको कामले छलफल गर्न बसेको र त्यस्तो कुनै गल्ती नगरेको भनेपछि छोडेको प्रहरीले जनाएको छ ।

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?