श्रीमानसँगै सुतेकी महिला होटलमा मृत फेला

लोकपथ
0
Shares

कैलाली- श्रीमानसँगै सुतेकी महिला कैलालीको एक होटलमा मृत भेटिएकी छन् । भारतबाट जग्गा खरिद गर्न कैलाली आएकी एक महिला होटलमा मृत भेटिएकी छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

मृतकका माइती पक्षकाअनुसार कमलाका श्रीमान सुर्जल रोकाया जग्गा खरिद गर्न भन्दै धनगढी आएका थिए। केही दिन अघि मात्र उनी पनि जग्गा पास गर्ने भन्दै पन्जाबबाट आएकी थिइन्। दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको माइती पक्षले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?