काठमाडौं । श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-१६ बल्खुस्थित सुकुम्बासी टोलमा मारिएकी सन्तोषी श्रेष्ठका श्रीमान सन्तोष सापकोटा हत्या अभियोगमा पक्राउ परेका हुन् ।
सापकोटालाई महानगरीय प्रहरी परिसरको टोलीले मंगलवार पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
गत सोमवार शव बोराभित्र राखिएको अवस्थामा सन्तोषीको शव फेला पारेको थियो। उनको देवरले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
उनको श्रीमान भएको फरार रहेका थिए । प्रहरीका अनुसार हत्या गर्न प्रयोग भएको हतौडा, रगत लागेको सिरक, मृतकले लगाएको जुत्ता, रगतले भिजेको सुरूवाल, लागुऔषध डाइजेपामको फुटेको सिसा फेला पारेको समेत फेला परेको थियो ।
त्यस्तै पक्राउ परेका सन्तोषको साथबाट एउटा आइफोन, सुनको मुन्द्रा दुइटा, एउटा हातको बाला र २३ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
सन्तोष र सन्तोषी बल्खुस्थित सुकुम्बासी टोलमा बस्दै आएका थिए । तर सन्तोषको लागूपदार्थ दुव्र्यसनीमा परेका कारण लकडाउनयता सन्तोषी आफ्नो माइती जोरपाटीमा बस्दै आएकी थिइन् ।
लागूऔषधको दुव्र्यसनीको कारण सन्तोष एक पटक जेलसमेत परेको र उनीहरुबीच सम्बन्ध खटपट शुरु भएको थियो । सन्तोषीले सन्तोषसँग सम्बन्ध विच्छेद गर्न कुरा गरेपनि सन्तोषले नमानेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया