कारागारमै झडप भएपछि २५ कैदीबन्दीलाई अन्यत्र सारियो

RSS
0
Shares

तनहुँ । जिल्ला कारागारबाट २५ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । आइतवार दिउँसो कारागारभित्र कैदीबन्दीबीच झडप भएपछि बसेको सुरक्षा निकायको बैठकले २५ जनालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकले झडप र विवादमा संलग्न कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने निर्णयबमोजिम राति नै उनीहरुलाई स्थानान्तरण गरिसकिएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए । “दुई समूहबीच भएको विवादका कारण सामान्य झैझगडा भएको हो, सो घटनामा ६ जना घाइते भएकामा उपचारपश्चात् उनीहरु डिस्चार्ज भइसकेका छन्”, अधिकारीले भने ।

कारागारमा केही समय अगाडि स्थानान्तरण भई आएका कैदीबन्दीका कारण झगडा भएको कारागार स्रोतले जनाएको छ । नाइके फेर्नुपर्ने मागमा विवाद हुँदा दुई समूहबीच झडप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?