एजेन्सी । कोरोना भाइरसविरुद्ध जोनसन एण्ड जोनसनले विकास गरेको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी औषधि नियामक निकायले जनाएको छ ।
एक डोज मात्र लगाए हुने यो खोपलाई अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडीए०ले प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
जोनसन एण्ड जोनसनले गत महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो। उक्त औषधि उत्पादकको मालिक बेल्जियन कम्पनी जोनसनले परीक्षण नतिजाको विवरणले उसको उत्पादन गम्भीर रोगका लागि उच्च प्रभावकारी भएको देखाएको बताएको थियो। जोनसन एन्ड जोनसनबारेको यो नयाँ खबर कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप प्राप्त गर्ने घाना पहिलो देश बनेका बेला आएको हो।
फाइजर र मोडेर्नाकोभन्दा सस्तो र भण्डारण गर्न सहज हुने यो खोपलाई सामान्य रेफ्रिजेरेटरमा समेत भण्डारण गर्न सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया