काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज बुधवार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लब तथा दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
बाँसवारी र टुसालबीचको खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ भने श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह साढे ३ बजे शुरु हुनेछ । दुबैखेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
कोरोना भाइरसका कारण गत वर्षबाट स्थगित लिग सोमवारबाट पुन: शुरु भएको हो । हिजो भएको खेलमा नयाँ बस्ती र खुमलटार विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया