संसद विघटनविरुद्धको आन्दोलनमा ‘फागुन ७’ ले विशेष उर्जा दिनेछ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्धको आन्दोलनमा फागुन ७ को विशेष प्रभाव रहने विश्वास व्यक्त गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा आज शुक्रवार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले ‘फागुन ७’ ले संसद विघटनविरुद्धको आन्दोलनमा सबैलाई विशेष उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

आजको मितिमा नै कांग्रेसले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको स्मरण गराउँदै देउवाले देशको राजनैतिक , आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा ‘फागुन ७’ ले नै अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको बताएका छन् ।

२०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी ‘फागुन ७’ को क्रान्ति नै भएको उल्लेख गर्दै उनले यस ऐतिहासिक समयलाई संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइरालालगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?