आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । अहिले तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भू-भागमा आशिंक बदली भइ बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै आज राती पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?