काठमाडौं । चार्ली चापलिनको नाम त हामी धेरैले सुनेका नै छौँ ।
आजकै दिन १९४१ मा चार्लीको पहिलो फिल्म आएको थियो । यसको नाम मेकिङ अ लिभिङ थियो । यसमा उनले एक ठगको भूमिका निभाएका थिए । फिल्म हेनरी लेहरम्यानले लेखे भने उनैले निर्देशन गरेका थिए ।
यो फिल्म १५ मिनेटको थियो । फिल्म कमेडी थियो भने, यो साइलेन्ट मूभी थियो । अर्थात् यसमा आवाज थिएन । मात्र यसमा एक्शन र एक्सप्रेशन थियो । यो फिल्ममा चार्लीले आफ्नो अभिनयले दर्शकलाई मनोरञ्जन दिएका थिए ।
उनको जन्म १६ अप्रिल १८८९ मा लण्डनको एक गरीब परिवारमा भएको थियो । उनको पूरा नाम चार्ल स्पेन्सर च्यापलिन थियो । उनी सानै हुँदा उनकी आमा र बुबाको डिभोर्स भयो । आमा मानसिक रोगी बनिन् ।
घर हेनुपर्ने भएकोले उनले ९ वर्षको उमेरमै काम शुरु गरे । उनले शिक्षा ग्रहण गर्न पनि सकेनन् । उनले ४ विवाह गरे । जसबाट ११ बच्चा जन्मिए । उनको मृत्युपछि शव चोरी भयो । तर पछि भेटियो र ६ फीटको खाल्डो खनेर गाडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया