काठमाडौं । १० वर्ष पहिला डेमोक्रेटिक सिस्टमा अपनाएको म्यान्मारमा फेरि सैन्य शासन लागू भएको छ । देशमा वर्ष दिनको लागि संकटकाल घोषणा गरिएको छ ।
सेनाले सोमवार देशकी स्टेट काउन्सलर आङ साङ सूकी,राष्ट्रपति यू विन मिन्टसमेत सीनियर नेताहरु र अफिसरलाई हिरासतमा लिएको छ । राजधानी नेपाइताका सरकारी भवनमा सैनिक तैनाथ भएका छन् ।
सडकमा सैनिकका गाडीहरुको गस्ती रहेको छ। केहि शहरमा इन्टरनेटसमेत बन्द गरिएको बताइएको छ । सेनाको टिभी च्यानलका अनुसार मिलिट्रीले देशलाई आफ्नो कन्ट्रोलमा लिएको छ ।
यू मिन्टको हस्ताक्षर भएको एक घोषणा अनुसार देशको सत्ता अब कमाण्डर इन चीफ अफ डिफेन्स सर्भिसेज मिन आङ ह्वाइङको हातमा हुनेछ ।
देशका पहिलो भाइस प्रेसिडन्ट माइन्ट स्वेलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया