म्यान्मार : सेनाले दिएको थियो एक्शन लिने चेतावनी, १० वर्ष पहिलासम्म थियो सैन्य शासन

काठमाडौं । म्यान्मारकी नेतृ आङ साङ सूकी र सत्तारुढ पार्टीका वरिष्ठ नेताहरु पक्राउ गरेर त्यहाँका सेनाले एक वर्षको लागि संकटकाल घोषणा गरेको छ ।

म्यान्मारकोे सेनाले चुनावमा धाँदली भएको आरोप लगाउँदै सत्ता आफ्नो कब्जामा लिएको हो । म्यान्मारमा भएको घटनाक्रमबाट यतिबेला सारा विश्व चिन्तामा डुबेको छ । यसैबीच हालैमात्र केहि पश्चिमी राजदूतले म्यान्मारमा सत्ता पल्टिने हाशंका व्यक्त गरेका थिए ।

तर यस कुरामा सेनाले यो बयान तोडमोड गरेर दिइएको बताइरहेको थियो । कमाण्डर इन चीफ सीनियर। जनरल मिन आंग लाइंगको बयानलाई तोडमोड गरेर यो बयान सार्वजनिक गरिएको बताइएको थियो ।

तर सेनाले संसद सत्र भन्दा पहिला चुनाव बेलाको भोटमा कारवाही नथाले एक्शन लिन्छौँ भन्दै पहिल्यै चेतावनी दिएको थियो ।

म्यान्मारमा एक दशक पहिलेसम्म सैन्य शासन लागू थियो । करिव ५० वर्षसम्म सैन्य शासन रहेको थियो ।

गत वर्षको नोभेम्बरमा भएको चुनावमा सत्ताधारी एनएलडीविरुद्ध धाँदलीको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?