म्यान्मारमा सेनाले संकटकाल घोषणा गरेपछि अमेरिकाले दियो चेतावनी !

काठमाडौं । म्यान्मारमा सोमवार बिहान लोकतन्त्रको हत्या भएको छ । सेनाले सत्ता आफ्नो कब्जामा लिँदै जनताले चुनेर पठाएको सरकारलाई अपदस्थ गरेको छ ।

यस घटनालाई लिएर अमेरिकाले म्यान्मारको सेनालाई चेतावनी दिएको छ ।अमेरिकाले आज (सोमवार) सेनाले आफ्नो कदम फिर्ता गर्न भन्दै चेतावनी दिएको छ । यदि यसो नगरेमा अमेरिकाले कडा कारवाही गर्ने धम्की दिएको हो ।

म्यान्मारमा सेनाले सत्ता लिएको र नोबेल पुरस्कार विजेता आङ साङ सूकीलाई नजरबन्दमा राखेकोप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले यस घटना नियालीरहेको र सेना आफ्नो कदमबाट पछि नहटे कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

अमेरिकाले म्यान्मारमा सेनाको यो हर्कतप्रति चिन्ता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?