शहीदहरुले देखाएको बाटो हिँडन नसक्दा अझै स्थायित्व पाउन सकिएन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शहीदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन नसकेको बताएका छन् ।

आज शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आन्दोलनमा होमिनु पर्ने अवस्था आएको बताए ।

“१०४ वर्षे शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत शहीदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन सकेको छैन् ।” उनले भने, “सात दशकको अथक प्रयासबाट निर्मित (संविधानसभाबाट प्राप्त) संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आजपनि आन्दोलनमा होमिनु परेको छ ।”

मुलुक र जनतालाई राणा शासनबाट मुक्त गर्ने आन्दोलनको नेतृत्व गरे बापत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ साल माघ १०/१३/१६ गते राणाशाहीद्वारा मृत्यु दण्ड दिइएको थियो । यसै सन्दर्भमा हरेक वर्ष माघ १६ गते नेपालमा शहीद दिवस मनाउँदै आइएको छ ।

“राणाहरुको निरंकुशता विरुद्ध उठेको क्रान्तिको लहरले नेपालमा प्रजातन्त्र प्राप्त भएको बताए । यसै सन्दर्भमा देश र जनताको मुक्तिका लागि आफ्नो प्राण दिने महान वीरहरुमा हार्दिक सलाम !” वरिष्ठ नेता पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?