दाहाल-नेपाल समूहले आज विराटनगरमा प्रदर्शन गर्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज शुक्रवार विराटनगरमा आमसभाको आयोजना गर्दैछ । सभालाई पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा  झलनाथ खनाल लगायतका नेताले सम्बोधन गर्ने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुने नेपाल र खनाल बिहीवार बेलुकी नै विराटनगर आइसकेका छन् भने दाहाल केही बेरमा काठमाडौँबाट प्रस्थान गर्ने जनाइएको छ । आजको सभामा ६० हजार बढि कार्यकर्ता उतार्ने दाहाल-नेपाल समूहको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?