काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताएका छन् ।
आज (शुक्रवार) शहीद दिवसका अवसरमा शुभकामना शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्था सहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा भएको बताएका छन् ।
“हामीले जनतालाई अधिकारसम्पन्न बनाई शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेका छौँ । लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्था सहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा भएको छ ।” जारी वक्तव्यमा भनिएको छ ।
त्यस्तै शहीदहरुको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियान पुरा हुनेमा विश्वास व्यक्त गरेका छन् ।
शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य हामीले तय गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले शहीदहरुका सपनालाई मूर्तरुप दिन नेपालले बितेको केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएको बताएका छन् ।
“देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि तिनै शहीदहरुका सपनालाई मूर्तरुप दिन हामीले वितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।” प्रधानमन्त्री ओलीले भने, “भैतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको ब्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं । हामीले थालनी गरेका विकासका दूरगामी योजनाहरुले जनताको जीवनमा परिवर्तन ल्याउने छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया