भारतद्वारा छिमेकी देशहरुलाई ५५ लाख खोप सहयोग

RSS
0
Shares

काठमाडौँ– भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि बिहीवार जनाएको छ ।

त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ । साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन, तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोना विरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको बताए ।

उनले भारतसँग खोप प्राप्त गर्न पनि धेरै देशहरुले चासो राखिरहेको जानकारी दिए। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?