प्रधानमन्त्री कप : पुलिसले हात पार्‍यो पहिलो जित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए ।

अमित श्रेष्ठ १ रनमा नट आउट रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो ।

सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे ।

अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रन बनाए ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४र४ विकेट लिए ।

जितसँगै पुलिसले २ खेलमा २ अंक जोडेको छ । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?