बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौं । बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  ५८ वर्षीया रिता खड्गी रहेकी छन् ।

ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँएको हो । गम्भिर घाइते भएकी उनको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् ।

ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साललाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?