घाँस काट्न गएका बिक मृत अवस्थामा फेला

लोकपथ
0
Shares

काठमाडौं । गुल्मीमा एक जना मृत अवस्थामा फेला परेका छन् । रेसुङ्गा नगरपालिका-१४ रातामाटा बस्ने ४५ वर्षीय तुल बहादुर बिक गुल्मीदरवार गाउँपालिका-१ वरेवा खोलाको छेउमा शनिवार मृत अवस्थामा फेला परेका हुन् ।

घाँस काट्न जान्छु भनी हिँडेका उनी अबेरसम्म घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?