आफैँले अचेत बनाई प्रहरीमा खबर, उपचारको क्रममा होम बहादुरको मृत्यु

काठमाडौं । चन्द्रागिरी नगरपालिका-४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका-२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङ रहेका छन् ।

घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाईतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिडले प्रहार गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?