भजनकिर्तनका लागि बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोनमा गाउँपालिका-३ रघुनाथपुर बस्ने २० वर्षीय राकेश सहनीको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको हो ।

सोही ठाउँस्थित शिव मन्दिरमा भजनकिर्तनमा बत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाईते भएका उनको उपचारको लागि धनपतिदेवि मेमोरियल
पोलिक्लिनिक सम्सीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?