काठमाडौं । अमेरिकी संसदमा बुधवार भएको हिंसामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले आफू पनि हिंसाबाट दुखी भएको बताएका छन् ।
उनले भने, ‘सबै अमेरिकी नागरिकको जसरी नै म पनि हिंसा चाहन्न, अराजकता र हिंसाले दुखी भएको छु, मैले भवन सुरक्षित राख्न तत्काल राष्ट्र्रिय रक्षकलाई बोलाएर प्रदर्शनकारीलाई बाहिर निकालेको हुँ, अमेरिका सधैँ कानून र व्यवस्थाको राष्ट्र हुनुपर्छ ।’
Now the Congress has certified the results. A new administration will be inaugurated January 20. My focus now turns to ensuring a smooth, orderly and seamless transition of power: Outgoing US President Donald Trump pic.twitter.com/uOER3YA5YF
— ANI (@ANI) January 8, 2021
साथै उनले राष्ट्रपतिको नतिजा प्रमाणित गरिसकेको बताएका छन् । २० जनवरीमा नयाँ प्रशासनको उद्घाटन गरिने पनि उनले बताए । उनले भने, ‘अब मेरो ध्यान सत्ता सुचारु, व्यवस्थित र निर्बाध परिवर्तनमा हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया