इतिहासमा आज : उत्तर कोरियाली नेता किम जोङ उनको जन्म, अर्कै नामबाट स्विट्जरल्याण्डमा पढे

काठमाडौं । उत्तर कोरियाको सर्वोच्च नेता बन्नु हरेकको सपना हुन्छ । यसका लागि एक विशेष वंशसँग सम्बन्धित हुन आवश्यक हुन्छ । यसलाई बेकडू वंश भनिन्छ । किम जोङ उन यहि वंशका हुन् ।

उत्तर कोरियामा अहिलेसम्म तीन सर्वोच्च नेता भएका छन् । जो यसै वंशका रहेका छन् । सबैभन्दा पहिला सर्वोच्च नेता थिए किम इल सुङ, जो १९४८ देखि १९९४ सम्म सर्वोच्च नेता बने ।

त्यसपछि उनका छोरा किम जोङ इल आए । उनले १९९४ बाट २०११ सम्म देशको सत्ता सम्हाले । त्यसपछि किम जोङ उन आए । उनले २०११ देखि हालसम्म उत्तर कोरियाको सत्ता सम्हालीरहेका छन् । उनको जन्म आजकै दिन १९८२ मा भएको थियो । उनका हजुरबुबा किम इल सुङले उत्तर कोरियामा साम्यबादी राष्ट्रको स्थापना गरे ।

किम १६ वर्षका थिए । त्यो बेला उनी स्विट्जरल्याण्ड गए । त्यहाँको लिबेफेल्ड स्टेनहोल्जी स्कूलमा उनले १९९८ बाट २००० सालसम्म पढे । तर अर्कै नामबाट । उनको त्यो स्कूलमा नाम थियो पाक उन वा उन पाक ।

उनी त्यो स्कूलमा साधारण कर्मचारकिो छोराको रुपमा पढ्न गएका थिए । उनले पहिलो वर्षको पढाईमा ७५ दिन र दोश्रो वर्षमा १०५ दिन स्कूल गएनन् । उनको परीक्षको नतिजा पनि राम्रो आउादेन थियो ।

माना जाता है कि किम जोंग की ये तस्वीर उस समय की है जब वो स्विट्जरलैंड में पढ़ाई करने गए थे।

उनी सानोमा भेरै लजालु थिए । त्यहि बेला उनका एक साथीले भनेका थिए, कि उन पाक उत्तर कोरियाली सर्वोच्च नेताका छोरा हुन् । उनी बाँस्केटबल र कम्प्यूटर गेम खेल्न धेरै मन पराउँथे ।

उनी ड्रोइङ पनि गर्थे । उनी ज्याकी चेनका ठूला फ्यान थिए । उनीसँग दुई डिग्री छन् । पहिलो फिजिक्सको जो किम संग यूनिभर्सिटीबाट लिएका हुन् भने दोश्रो आर्मी अफिसरको , जुन उनले किम इल सुङ मिलिट्री यूनिभर्सिटीबाट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?