काठमाडौँ- नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर बन्न खोजेको टिप्पणी गरेका छन् ।
बिहीबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै रायमाझीले प्रधानमन्त्री ओलीले संविधान नमानेर हिटलर प्रवृति देखाएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफूले संविधान मान्न नपर्ने तर अरु सबैले मान्नुपर्ने सोचाई राखेको भन्दै सांसद रायमाझीले हिटलरको संज्ञा दिएका हुन् । उनले भने, ‘असंवैधानिक कदम चालिसकेपछि निर्वाचनको कुरा गरिएको छ । अगाडि के हुन्थ्यो भने निर्वाचनमा जाने भएपछि त्यो कामचलाउ प्रधानमन्त्रीको रुपमा लिइन्थ्यो । अहिले प्रधानमन्त्री मन्त्रिमण्डल पुनरगठन गरिराख्नु भएको छ । निर्वाचन हारेका मान्छेलाई, निर्वाचनमा पराजित भएका मान्छेलाई ल्याएर मन्त्री बनाईराख्नु भएको छ । संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । अरु राजनीतिक दलले संविधान मानिदिनुपर्ने । प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको । उहाँले जे मनलाग्यो त्यही गर्ने ।’
यस्तै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदमा रहने आफ्नो योग्यता गुमाइसकेको समेत सांसद रायमाझीले बताए । संविधान अनुसार प्रधानमन्त्री रहन प्रतिनिधि सभाको सदस्य हनुपर्ने, बुहमत सांसदको समर्थन हुनुपर्ने र मानिसिक अवस्था ठीक भएको हुनुपर्ने रहेको तर अहिले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकाले मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्ने की नमिल्ने भन्दै प्रश्न गरे ।
उनले भने, ‘ एउटा प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ । प्रतिनिधि सभाको सदस्य हुनुपर्छ पहिलो योग्यता । दोस्रो बहुमत सदस्यहरुको सदस्य हुनुपर्छ । तेस्रो मानसिक सन्तुलन ठिक भएको हुनुपर्छ । अब अहिले प्रधानमन्त्री भन्ने की नभन्ने उहाँलाई । उहाँ यो मुलुकको प्रतिनिधि सभाको सदस्य हुनुहुन्न । बहुमत सदस्यहरुको समर्थन उहाँलाई देखिदैन । यो खालको संविधान मिचेर काम गर्ने प्रधानमन्त्रीलाई अर्को मानसिक सन्तुलन गुमेको मान्छे प्रधानमन्त्री हुन पाउनेछैन भनेर हाम्रो संविधानमा भनेको छ । त्यसकारणले असंवैधानिक कार्य गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ की हुँदैन । मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्छ कि मिल्दैन ।’
सांसद रायमाझीले सरकारले जस्तोसुकै कदम मान्न बाध्य पारेर राष्ट्रपति संस्थाको बदनाम गरेको समेत बताए । प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न लगाएको समेत आरोप लगाए ।
मुलुकलाई अहिलेको अवस्थामा ल्याउन कम्युनिष्ट पार्टी जिम्मेवारी भएको समेत सांसद रायमाझीले बताए । उनले प्रधानमन्त्रीले अदालतलाई प्रभावित गर्ने गरी बोल्दै हिंडेको समेत बताए । परम्परालाई देखाएर प्रतिनिधि सभा विघटन गरिएको भन्दै सांसद रायमाझीले २ सय ३७ वर्षको परम्परालाई नै व्युताउन खोजिएको हो भन्दै प्रश्न समेत गरे। प्रधानमन्त्री ओलीकै कारण अहिले राजावादीहरु सलबलाएको समेत बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया