काठमाडौं । अमेरिकामा ३ नोभेम्बरमा भएको राष्ट्रपति चुनावपछि जे कुराको डर थियो त्यहि भएको छ । हिंशाको आशंका थियो र आखिरमा पनि त्यहि भयो ।

३ नोभेम्बरमा यो तय भएको थियो कि, संसारको शक्तिशाली देशको अघिल्लो राष्ट्रपति जो बाइडेन बन्नेछन् । डोनाल्ड ट्रम्प अझै पनि हार मान्न तयार छैनन् ।

उनले चुनावी धाँदलीको आरोप लगाएर जनमत नकारेका थिए । साथै हिंशाको धम्की पनि दिएका थिए ।

भोटिङको ६४ दिनपछि अमेरिकामा जब बाइडेनलाई सत्ता सम्हाल्न दिने कुरा पूर्ण हुन लाग्यो तब, ट्रम्पका समर्थकले संसदमा पसेर बबाल मच्चाए ।

संसदमा पसे तोडफोड गरे । सीएनएनका अनुसार अहिलेसम्म एक महिला र तीन पुरुष गरि हिंशामा ४ जनाको निधन भएको छ ।

मिलिट्रीको स्पेशल यूनिटले प्रदर्शनकारीलाई बाहिर निकालेपछि कार्यवाही फेरि शुरु भयो ।

यसैबीच यो घटना पछि संसद परिसरमा यूएस आर्मीको स्पेशल यूनिटलाई खटाइएको छ ।

घटनापछि २० मिनेटमै यूनिटले आफने मोर्चा सम्हालेको थियो ।

अहिले त्यहाँ ११ सय स्पेशल गार्ड्स क्यापिटल हिलको बाहिर र भित्र गरेर तैनाथ छन् । राजधानीमा कर्फ्यू छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया