मध्यावधी निर्वाचनको स्वागतमा युवा संघ बागमती प्रदेशले प्रदर्शन तथा भेला गर्ने

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बागमती प्रदेश कमिटीले मध्यावधी निर्वाचनको स्वागतमा भेला तथा प्रदर्शन गर्ने भएको छ ।

लोकतन्त्रको रक्षा र ताजा जनादेशको लागि सरकारद्वारा जारी गरिएको मध्यावधी निर्वाचनको स्वागतको लागि भन्दै पुस २५ गते शनिवार युवा संघ बागमती प्रदेशले भेला तथा प्रदर्शन गर्न लागेको हो ।

उक्त कार्यक्रमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

युवा संघले घोषणा गरेको प्रदर्शन तथा र्‍याली शनिवार बिहान ११ बजे बानेश्वरबाट शुरु भई भद्रकाली-एनएसी- भोटाहिटी-जमल हुँदै प्रज्ञा भवन कमलादी पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?