काठमाडौं । संसद विघटनविरुद्धको सर्वोच्च अदालतमा परेका मुद्धाहरुमाथिको सुनुवाइ आगामी बुधवार हुने भएको छ ।
बुधवार (आज) बाट संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरुको बृहत छलफल एवम् अन्तिम सुनुवाई शुरु भएको छ ।
त्यस्तै आजको संवैधानिक इजलास अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।
सुनुवाइका क्रममा वकिलहरुले संसद विघटनविरुद्धका मुद्धाहरु बृहत पूर्ण इजलासमा पठाउनुपर्ने माग राखेका थिए ।
बृहत पूर्ण इजलासले संवैधानिक इजलासले भन्दा राम्ररी निर्णय गर्न सक्ने भन्दै वकिलहरुले पूर्ण इजलासमा पठाउनुपर्ने माग राखेका थिए ।
आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उक्त मुद्धाहरु बृहत पूर्ण इजलासमा पठाउन निवेदन पेस गरेका थिए।
संसद् विघटन विरुद्धको रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका छन् ।
वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासबाट बाहिरिएका हुन् ।
अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेपछि उनी बाहिरिएका हुन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया