संसद विघटनविरुद्ध मुद्दा : संवैधानिक इजलासबाट बाहिरिए न्यायाधीश कार्की

काठमाडौं । संसद् विघटन विरुद्धको रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका छन् ।

वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासबाट बाहिरिएका हुन् ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको बुधवार (आज) बाट सुनुवाई शुरु भएको छ । अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेपछि उनी बाहिरिएका हुन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?