बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द, भने-‘अहिले देशलाई मेरो आवश्यक छ’

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो भारत भ्रमण रद्द गरेका छन् ।

भारतले उनलाई यस वर्षको गणतन्त्र दिवसमा चीफ गेस्टको रुपमा बोलाएको थियो । उनले यस निमन्त्रणलाई स्विकारेका पनि थिए । तर उनले बेलायतमा कोरोना महामारी बढ्दै गएकोले भारत भ्रमण रद्द गरेको जानकारी मंगलवार दिएका छन् ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार जोनसनले मंगलवार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर आफू भारत भ्रमण गर्न नसक्ने बताएका हुन् ।

कोरोनाको कारण देशमा फेरि लकडाउन लागेको र बेलायतमा नयाँ प्रकार (स्ट्रेन) को कोरोना भाइरस पाइएकोले आफू देशमै रहनुपर्ने बताएका हुन् । यस्तो अवस्थामा देशलाई छोडेर बाहिर आफू जान नसक्ने कुरा मोदीसँग उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?