काठमाडौं । प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको भन्दै परेका रिटहरूमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा यसअघि नै गठन भएको ५ न्यायाधीश सम्मिलित संवैधानिक इजलासलाई सर्वोच्चले निरन्तरता दिएको छ ।
इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै सर्वोच्चमा एक दर्जनभन्दा बढी रिटहरु परेको छ । त्यसको आजबाट निरन्तर बहस हुनेछ ।
सरकारको सिफारिमा राष्ट्रपतिले संसद विघटन गरी निर्वाचनको मिति घोषणा गर्ने सिफारिस अनुमोदन गरेकोप्रति सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयसँग जवाफ माग गरेको थियो । भने गत आइतवार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय तथा सभामुखले लिखित जवाफ पेस गरेका छन् ।
यो मुद्दामा सर्वोच्चलाई सघाउन एमिकस क्युरी समेत गठन गरिएको छ । सर्वोच्चलाई राय दिने एमिकस क्युरीमा पूर्णमान शाक्य, गीता संग्रौला, बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया