बीमा कम्पनीहरुमा बोनसको ओइरो : हेरौँ कसको कति ?

काठमाडौं । यतिबेला बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई धमाधम बोनस वितरण गरिरहेका छन ।

बीमा कम्पनीका १० हजार भन्दा बढी कर्मचारीहरुले ४० करोड २९ बोनस पाउने भएका छन् । अहिले २० वटा निर्जीवन र १९ वटा जीवन बीमा गरी कुल ३९ बीमा कम्पनीहरु संचालनमा छन् । संचालनमा रहेका बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ७० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् भने जीवन बीमा कम्पनीहरुले १ अर्ब २७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बीमा कम्पनीहरुले सोही नाफाबाट बोनस दिन लागेका हुन् ।

बीमा समितिका अनुसार सो नाफाबाट निर्जीवन बीमा कम्पनीले १५.४६ प्रतिशत र जीवन बीमा कम्पनीले १०.९८ प्रतिशत बोनस दिन लागेका हुन् । बीमा कम्पनीहरुले त्रैमासिक रुपमा कमाएको खुद नाफाबाट खुद नाफाको १० प्रतिशत बढी बोनस छुट्याउनुपर्ने कानुनी व्यवस्था छ । अहिले बीमा कम्पनीहरुले आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

समितिका अनुसार निर्जीवन बीमा कम्पनीले २६ करोड ३२ लाख ६५ हजार रुपैयाँ र जीवन बीमा कम्पनीले १३ करोड ९७ लाख ३४ हजार रुपैयाँ बोनस छुट्ट्याएका छन् । मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरुमा ५ हजार ६२७ जना र निर्जीवन बीमा कम्पनीहरुमा ४ हजार ७७० जना गरी १० हजार ३ सय ९७ जना कर्मचारी कार्यरत रहेको समितिले जनाएको छ ।

जीवन बीमा कम्पनी

हाल १९ वटा जीवन बीमा कम्पनीहरु संचालनमा छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब २७ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । सो नाफाबाट १३ करोड ९७ लाख ३४ हजार रुपैयाँ बोनस दिन लागेका छन् ।

समितिका अनुसार नेपाल लाइफले नाफाको ६५ लाख ९० हजार रुपैयाँ, गुराँस लाइफले ४२ लाख ७७ लाख रुपैयाँ, आइएमई लाइफले ४३ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ७ लाख ५६ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७५ लाख ८७ लाख रुपैयाँ,नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९२ लाख ७३ हजार रुपैयाँ कर्मचारीलाई बोनस दिन लागेका छन् । त्यस्तै,मेट लाइफ इन्स्योरेन्सले ९३ लाख ७९ हजार रुपैयाँ, सानिमा लाइफले ३९ लाख ९ हजार रुपैयाँ, महालक्ष्मी लाइफले २६ लाख ९७ हजार रुपैयाँ र ज्योती लाइफले ८० लाख २५ हजार रुपैयाँ रकम बोनसाका लागि छुट्याएका छन् ।

त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्सले १ करोड १२ लाख ९० हजार रुपैयाँ, प्रभु लाइफले ३४ लाख ३६ हजार रुपैयाँ, प्राइम लाइफले नाफाको १ करोड ३४ लाख १९ हजार रुपैयाँ, सिटिजन लाइफ ६७ लाख ९५ हजार रुपैयाँ नेशनल लाइफले १ करोड ३१ लाख ३० हजार रुपैयाँ, युनियन लाइफले २६ लाख रुपैयाँ र एशिएन लाइफले ९४ लाख ५ हजार रुपैयाँ बानेस दिन लागेका हुन् ।

रिलायन्स लाइफ इन्स्योरेन्सले ३ करोड रुपैयाँ खुद नाफा कमाएको भएपनि आफ्ना कर्मचारीलाई दिने नाफा भने छुट्टयाएको छैन ।

निर्जीवन बीमा कम्पनी

नेको इन्स्योरेन्स कम्पनीले अरु बीमा कम्पनीको तुलनामा बढी बोनस दिएको छ । कम्पनीले पहिलो त्रैमासमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो नाफाबाट १ करोड ७७ लाख ८० हजार रुपैयाँ बोनश दिन लागेको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले १ करोड ७४ लाख रुपैयाँ ,प्रिमियर इन्स्योरेन्सले १ करोड ४ लाख ६१ हजार रुपैयाँ ,नेशनल इन्स्योरेन्स कम्पनीको चालु आवको पहिलो त्रैमासमा खुद नाफाबाट कर्मचारी वितरण गर्ने बोनस घटेको छ ।

कम्पनीको सो अवधिमा खुद नाफा ५ करोड ७३ लाख रुपैयाँ ऋणात्मक हुँदा कर्मचारीलाई वितरण गर्ने बोनस पनि घटेको हो । एनएलजी इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा नाफाको ९८ लाख ९६ हजार रुपैयाँ बोनस दिन लागेको छ ।
नेपाल इस्योरेन्स कम्पनीले ८७ लाख ११ हजार रुपैयाँ, अजोड इन्स्योरेन्सले नाफाको ८४ लाख २० हजार, सिद्धार्थ इन्स्योरेन्स ८१ लाख ५८ हजार रुपैयाँ,प्रभु इन्स्योरेन्स कम्पनीले ८० लाख ५२ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ७९ लाख ५० हजार रुपैयाँ, लुम्बिनी जनरलले ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले नाफाको ६१ लाख २९ हजार रुपैयाँ बोनस कर्मचारीलाई छुट्याएका छन् ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले ५८ लाख १६ हजार रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ५० लाख ६६ हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४८ लाख ४८ हजार रुपैयाँ र हिमालयन जनरलले ४१ लाख ७३ हजार रुपैयाँ बोनस दिन लागेका छन् ।

त्यस्तै,जनरल इन्स्योरेन्सले ३७ लाख ७५ हजार रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले २२ लाख ३९ हजार रुपैयाँ, यूनाइटड १६ लाख ९६ हजार रुपैयाँ र ओरियण्टल इन्स्योरेन्स नाफाको ९ लाख ९८ हजार रुपैयाँ दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?