मलामी गएका ८ जनाको श्मशान घाटमै मृत्यु !

काठमाडौं । भारतको उत्तर प्रदेशको गाजियाबादमा आईतवार श्मशान घाटमा बनाइएको घरमा ओत लाग्ने क्रममा घर भत्किँदा ८ जनाको मृत्यु भएको छ ।

श्मशान घाट में गिरा लेंटर (फोटो- आजतक)

मुरादनगरको श्मशान घाटमा ग्यालरीको छत खस्दा ८ जनाको निधन हुनुका साथै अन्य ५० जना भन्दा धेरै मानिस घाईते भएका हुन् ।

अहिले उद्दार कार्य जारी रहेको बताइएको छ ।

रेस्क्यू में जुटे लोग।

मृत्यु हुनेमध्ये तीन जनाको पहिचान खुलेको छ । जसको नाम योगेन्द्र, बन्टी र ओंकार रहेको छ ।

आईतवार अन्तिम संस्कारमा गएका उनीहरु पानी परेपछि ओत लाग्न भन्दै ल्यान्टरमा पसेका थिए ।

त्यहि बेला अचानक ल्यान्टर खस्दा उनीहरुको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?