काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।
आज(शनिवार)दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए ।
यही पुस ५ गते बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभा चुनावको मिति तोकेकी थिइन् ।
त्यसलगत्तै नेकपा प्रचण्ड माधव नेपाल समूहले चरणवद्ध रुपमा देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया