काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलमाथि सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख रुपैयाँ गायब पारेको आरोप लागेको छ । रावलमाथि पूर्व-उद्योगमन्त्री कर्णबहादुर थापाले यस्तो आरोप लगाएका हुन् ।
थापाले आज फेसबुकमा स्टाटस लेख्दै यस कार्यलाई अत्यन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको बताएका छन् ।
‘नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखत तयार पार्न मुख्य भूमिका खेल्नेमध्येका एक डा. भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ ? भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ’ उनले लेखेका छन्, ‘पार्टीको बैंक खाता अध्यक्षको हैसियतले मेरो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेपबहादुर चौधरीको नाममा रहेको थियो।’
उनले फेसबुकमा यस्तो लेखेका छन्-
नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा. भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदुरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायब पारेपछि स्पष्ट भएको छ ।
पार्टीको बैंक खाता अध्यक्षको हैसियतले मेरो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेप बहादुर चौधरीको नाममा रहेको थियो । पार्टी फूटको तहमा पुगे पछि मैले दिनेश चन्द्र सुवेदी र नेप बहादुर चौधरीलाई पार्टी सम्पत्ति साझा हो । बैंक पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु होला । राजनीतिक विवाद र पक्षधरता आफ्नो ठाउँमा छ तर सम्पत्तिको दुरुपयोग भयो भने व्यक्तिगत जिम्मेवार लिनु पर्दछ भनेको थिए ।
पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैक धनगढीका मेनेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिए । तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायव पारिएको छ ।
यसलाई मैले अत्यन्तै नीज र अपराधिक मानसिकताको उपजको रुपमा लिएको छ । आम पार्टी कार्यकता र नेपाली जनतालाई फुटवादीको यथार्थता बुझिदिनको लागि हार्दिक अपिल गर्दछु ।
https://www.facebook.com/ccmkarna.thapa/posts/4015536768497797
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया