एजेन्सी । यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । नवगठीत सरकारका सदस्यहरू सवार विमान छिमेकी देश साउदी अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै भएको सो विस्फोटमा ५० भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
उक्त आक्रमणमा हुथी विद्रोहीहरूको संलग्नता रहेको भन्दै यमनका सूचना मन्त्रीले आक्रमणलाई “कायरतापूर्ण आतङ्कवादी कार्य” भनेका छन्।
सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुन: स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो।
त्यहाँ द्वन्द्वका कारण ११०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ जसले लाखौँलाई भोकमरीको चपेटामा पारेको छ। कोभिड-१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया