काठमाडौँ– निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा बर्खास्त भएका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिशप्रसाद भट्टको पुनर्बहाली भएको छ।बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरूलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो।
२०७५ साउन १० गते भएको कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गरेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।
अन्य प्रहरी अधिकारी निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो।
जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा उनीहरुलाई सफाई दिने निर्णय गरेको थियो । ७६ साउन १५ को सो फैसलापछि उनीहरुले बर्खास्तीको निर्णयमा पुनर्बिचार गर्न गृहमन्त्रालयमा मार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए ।
०७५ साउन ११ मा कञ्चनपुरकी निर्मला पन्तको शव भिमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो । त्यतिबेला इन्स्पेक्टर भट्ट सो वडा–एरियाका इन्चार्ज थिए । एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया