काठमाडौं । बेलायतबाट शुरु भएको कोरोना भाइरसको नयाँ स्ट्रने अहिले भारतमा पनि फैलिरहेको देख्न सकिन्छ । भारतमा हालसम्म २० जनामा नयाँ प्रकार (स्ट्रेन) को कोरोना भाइरस देखिएको छ ।
भारतको उत्तर प्रदेशमा मात्रै १० जनामा नयाँ प्रकारको कोरोना संक्रमण देखिएको छ । यसैबीच बेलायतबाट फर्किएका ५६५ जनाको मोबाइल फोन अफ रहेको पत्ता लागेपछि उत्तर प्रदेशमा प्रशासनले अलर्ट जारी गरेको छ ।
सबैभन्दा पहिला भारतमा कोरोनाको नयाँ स्ट्रेन मेरठकी एक दुई वर्षीया बालिकामा देखिएको थियो । उनीहरु बेलायतबाट फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया